काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया उच्च नेतृत्वबीच द्वीपक्षीय औपचारिक भेटवार्ता हुने भएको छ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्वीपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुनेछ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङ तथा चिनिया जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने छ । साथै प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चिनिया जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनिया नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । परराष्ट्र मन्त्रालयका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आजै द्वीपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने छ ।

सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्किनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय