बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको कार्यक्रममा ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको हो ।
दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्वीपक्षीय भेटवार्ता सुरु भएको छ । त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने छ ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुग्नु भएको छ ।