नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आफै सङ्कटग्रस्त भईरहेको बताउनु भएको छ। सिरहाको गोलबजार नगर कमिटीले गोलबजार ३ मुसहर्नियामा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्याक्रमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै पूर्व उप–प्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले भ्रष्टहरुको संरक्षण गर्दागर्दै सरकार चल्न नसक्ने अवस्थामा पुगेको बताउनु भएको हो। कोशि प्रदेशका पूर्वमन्त्री लीला भल्लभलाई इकित गर्दै युवाहरुलाई सँगै लिएर जापान गएको त्यसमा पनि उनीहरुकै खर्चमा गएको तर कार्वाही चाँही ती युवाहरुलेमात्र भोग्नु परेको उदाहरण दिनु भयो । यसले सरकारको मुखुण्डो उदाङ्गो भएको उहाको भनाई रहेको थियो ।त्यसैगरि अदालतले सजाय र विगो तोकिसकेको र अर्को अदालतमा मुद्दा चलिरहेको व्यक्तिबाट अरवौं मूल्यको जग्गा पार्टी कार्यालय निर्माणको लागि दानमा लिएको घटनाले पनि सरकारको नियत प्रष्ट भएको उपाध्यक्षले श्रेष्ठले दावी बताउनु भयो।
तीन दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पहिलो दिन उपाध्यक्ष श्रेष्ठसहित उप–महासचिव गिरीराजमणी पोखरेल, स्थायी समिति सदस्य पर्शुराम तामाङ्ग, विश्वनाथ साहले विभिन्न विषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ। नगर संयोजक जीवन यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा केन्द्रिय सदस्यहरु हरिनारायण चौधरी उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रममा जिल्लाका १७ वटै पालिकाका एक सय ५० र आयोजकसहित २ सय जनाको उपस्थिति रहने आयोजक समितिले जनाएको छ।