काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा मंगलबार दुईपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटपछि नेपाल–चीन सहकार्यका विभिन्न क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएका छन्।

दुई देशबीच प्राविधिक र आर्थिक सहयोग, व्यापार प्रवर्द्धन, परियोजना निर्माण, र निर्यात प्रवर्धनका विषयमा सहमति भएको छ। यस अवसरमा नेपालले चीनसँगका सम्बन्धलाई थप सुदृढ गर्दै आर्थिक र प्राविधिक क्षेत्रमा दीर्घकालीन सहकार्यका सम्भावनालाई बलियो बनाएको छ।

समझदारीका ९ मुख्य बुँदा:

१. टोखा–छहरे सुरुङ निर्माण: नेपालमा महत्वपूर्ण पूर्वाधार निर्माणका लागि सहमति।

२. नेपाल–चीन व्यापार अभिवृद्धि: दुई देशबीच व्यापार प्रवर्द्धन गर्ने समझदारी।

३. वसन्तपुर नाै तले दरबार पुनर्निर्माण: पुनर्निर्माण कार्य सम्पन्न भएको औपचारिक घोषणा।

४. भैंसी–राँगाको प्रशोधित मासु निर्यात: चीनलाई मासु निर्यातका लागि प्रोटोकल तय।

५. विकास योजनासम्बन्धी सहकार्य: विभिन्न परियोजनामा चीनको सहयोग।

६. आर्थिक र प्राविधिक सहायता: विकासका लागि चीनबाट आर्थिक र प्राविधिक सहयोग।

७. नगद सहयोग: नेपाललाई नगद सहयोग प्रदान गर्ने सहमति।

८. चिनियाँ भाषा शिक्षामा सहयोग: नेपालमा चिनियाँ भाषा शिक्षणका लागि स्वयंसेवी शिक्षक परिचालन।

९. सञ्चार प्रविधिमा सहकार्य: नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सहकार्य।

यो सहमति नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउनका लागि महत्त्वपूर्ण कदम भएको र विकासका लागि ठोस योगदान गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय