नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेताहरुले पार्टी भित्र निषेधको राजनीति नगर्न संस्थापन पक्षलाई चेतावनी दिएका छन्। उनीहरुले बहुमतको आडमा अल्पमतमा परेकालाई दवाउने र सिध्याउने खेल जारी राखेमा त्यसको प्रतिबाद्धमा आफुहरु उत्रिनेपनि बताएका छन्। इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले विराटनगरमा आजोजित भेलालाई सम्बोधन गदै कोइरालाले १५ औ अधिवेशनपछि गुट उपगुटको अन्त्य आफुले गर्ने भन्दै आफुहरुले सम्पुर्ण कार्याकर्ताको संरक्षण गर्ने बताउनुभयो । उहाँले समयमै माधिवेशन भएको खण्डमा पार्टी कमजोर हुने भन्दै अवको एक बर्षपछि महाधिवेशन सम्पन्न गराउन गाउँ गाउँबाट प्रेसर सृजना गर्नपनि कार्यकर्ता पंतिलाई निर्देशन दिनुभयो ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सभापति शेरबहादुर देउवालाई देखाएर पार्टीभित्र तित्तता नबढाउन सबैमा आग्रह गर्नुभयो। इतर पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीभित्रै अनुशासनको रेखा कोर्नै अभ्यासले पार्टीलाई सही गन्तव्यमा नपुर्याउने जिकिर गर्नुभयो। अर्का नेता गुरुराज घिमिरेले विधानको हवला दिदै कार्यक्रम रोक्ने प्रयास गर्ने नेतृत्वलाई एक पटक राम्ररी पार्टीको विधान पढन सुझाव दिनुभयो। नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्लाका सभापतिहरुलाई सर्कुलर गर्दै मंसिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने जनाएको थियो । तर संस्थापन पक्षले कार्यक्रम रोक्न निर्देशनलाई अबज्ञा गर्दे कोइराला पक्षले भने मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा विराटनगरमा दुई दिने गरेको हो।