काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

आफ्नो पहिलो खेल हारेका कर्णाली र काठमान्डु पहिलो जितको खोजीमा रहँदा सुरुवाती दुई खेलमा हार व्यहोरेको विराटनगर पहिलो खेल खेल्दै गरेको लुम्बिनीलाई हराउन चाहन्छ । एनपीएलको छैटौं खेलमा कर्णाली याक्स र काठमान्डु गुर्खाज प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।​

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको थियो । काठमान्डु पनि आफ्नो पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले आजै हुने दोस्रो खेलमा लुम्बिनीसँग खेल्नेछ । विराटनगर लगातार दुई खेल हारिसकेको छ ।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीको पहिलो खेल विजयी सुरुवात गर्ने लक्ष्यमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय