काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ ।
बुधबार बिहान उहाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको जानकारी दिनुभएको छ ।