
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी रहँदा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा झडपको अवस्था सिर्जना भएको हो।
पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेविरुद्ध सहारा चितवन सहकारी ठगी प्रकरणमा दोस्रो दिनको बयान चलिरहेको छ। सरकारी वकिलको कार्यालयमा चितवन जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान जारी छ।



सहकारी ठगी, सड्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाण्डौँबाट मंगलबार बिहान चितवन ल्याइएको थियो । प्रहरीले उनलाई विमानस्थलबाट प्रहरी कार्यालय लगेर बयानका लागि सरकारी वकीलको कार्यालय लगिएको थियो ।लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । उनीहरूलाई आइतबार चितवन ल्याएर बयान लिएको थियो । रविका समर्थकले भरतपुरमा प्रदर्शन गरेका थिए ।