काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिरमा १ करोड १ लाख १ हजार १ सय १ दीप प्रज्वलन हुने भएको छ । आउँदो चैत २८ गते श्री बैकुण्ठनाथ दिव्यधाम भागवत सेवाश्रम र समाजसेवी अभियान्ता हरि महत मुल आयोजक समितिले मुक्तिनाथ मन्दिरमा दीप प्रज्वलन गर्न लागेको हो । मन्दिरमा ईश्वरकृष्ण महाराजजी र अनन्त विभूषित स्वामी भागवताचार्यजी (मठाधिश)ले संयुक्तरुपमा दीप प्रज्वलन गर्नु हुनेछ ।

दीप प्रज्वलन समितिका अध्यक्ष हरि महतले धर्म, संस्कृति, परम्पराको संरक्षण मातृभूमि नेपाल आमाको स्वस्तिशान्ति, नेपाली जनताको सुख र शान्तिको लागि मुस्ताङको मुक्तिनाथमा १ करोड १ लाख १ हजार १ सय १ दीप प्रज्वलन गर्न लागिएको बताउनु भयो । उहाँले आर्थिक अवस्था कमजोर भएका ६० जना ज्येष्ठ नागरिकलाई निःशुल्क मुक्तिनाथ दर्शनको व्यवस्था आफ्नो तर्फबाट गरेको पनि बताउनु भयो । अध्यक्ष महतले नेपाल आमा स्वस्तिशान्ती पूजा अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्दै मुक्तिनाथ दर्शन गर्न जान चाहनेको लागि पाँच दिनको १० हजार रुपैयाँको प्याकेजको व्यवस्था समेत गरिएको बताउनु भयो । उहाँले दर्शन गर्न जान इच्छुक तर आर्थिक अभावले जान नसक्ने ज्येष्ठ नागरिक (आमा, बुबा) ले आफुलाई सम्पर्क राख्न पनि आग्रह गर्नुभएको छ ।

मुक्तिनाथ मन्दिरमा हुने दीप प्रज्वलन कार्यक्रमको OURNEWSCREW बाट प्रत्यक्ष प्रशारण हेर्न सक्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय