काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको चितवनमा बयान लिने कार्य सकिएको छ । चितवन जिल्ला सरकारी वकील कार्यालयले मंगलबार र बुधबार दुई दिन लामिछानेको बयान लिएको थियो ।

पहिलो दिन पाँच घण्टा र दोस्रो दिन १० घण्टा बयान लिइएको थियो । दुई दिनमा लामिछानेलाई ७५ वटा प्रश्न गरेर बयान लिइएको थियो । लामिछाने विरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोप छ । चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

लामिछानेलाई चितवन ल्याएपछि रास्वपाले भरतपुरमा प्रदर्शन गरेको थियो । दिउँसो केही बेर जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् ।

यसैबीच लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय