
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारसँग ऋण सम्बन्धी कुनै पनि सम्झौता नभएको बताउनु भएको छ ।
चारदिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौत नभएको स्पष्ट पार्नुभयो । उहाँ भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको उल्लेख गर्नुभयो ।



चीन भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुनै कुरा नउठेको प्रधानमन्त्री ओलीले बताउनु भयो ।