काठमाडौै । आज विवाह पञ्चमी । ​त्रेतायुगमा जनककी छोरी सीता र मर्यादापुरुष रामको विवाह भएको सम्झनामा यो पर्व मनाइँदै छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्वका साथ मनाइन्छ । मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्। ​

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्याइन्छ ।

त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।​ रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ ।

महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल केही दिन मात्र मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय