बाजुराको पुर्वीउत्तरी क्षेत्र हुम्ला र मुगुका भोटे जनजाति हिमाली भेगमा चिसो बढ्न थालेपछि बेसितिर झरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि भेडा, च्याङ्गा, गाइबस्तु र परिवार सहित बेसितिर झरेका हुन् । यहाँका स्थानियहरु सधै हिउँदको समयमा जाँडो छल्न औल तिर झर्ने गर्दछन् । हिमपाँत सँगै चिसोबढेपछि कार्तिकको अन्तिम साता देखी बेशी झर्न लागेको स्थानिय वताएका छन् । बसाई सराईका क्रममा उनीहरु बाजुराको दक्षिणी क्षेत्रका बाह्रबिस, कुल्देबमाडौ लगायत अछाम, डोटी र सुर्खेतका विभिन्न स्थानमा बसाई सर्ने गर्दछन् ।
चिसो सुरु भएपछी दुई हप्ता देखी हिमाली भेगका प्राय जसो बस्तिहरुमा हिमपात भई जाडो बढ्ने भएपछि बेशीतिर लागेका हुन् । बेशिमा गएर व्यापार व्यबसाय गरी आम्दानी गर्न सकिने र चिसो समय विताउन सजिलो हुने भन्दै प्राय भोटे जनजातीहरु सपरिवार सहित एक पछि अर्को बस्तिहरु छोडेर बेशी तिर झरीरहेका छन । गाउँमा हिउँदयाममा हिमपात र चिसो हुने भएकाले आफ्नो सम्पति लिएर ६ महिनाको लागि अछामतिर जाने गरेको वताउनु भएको छ । उनी मात्र नभई जिल्लाको उत्तरी क्षेत्र, हुम्ला र जुम्ला बसोबास गर्ने अधिकांश जनजाति (भोटे) केही महिनाको बसाई सर्ने गर्दछन् ।



बाजुरामा मात्र करिब १० हजार बढी जनसंख्या रहेको यस जिल्लाका भोटे जनजातीहरु र अन्य समयमा बर्षादका चार महिना सम्म उत्तरी भेगमा पर्ने चीन तिर जाने गर्दछन, भने केहि महिना गाँउमा बस्ने गर्दछन् । अहिले गाँउनै खाली गरेर भेडाच्याङ्ग्रा सँगै भोटे जनजातीहरु बेशी झर्ने भएपछि बालबालिकाहरु पढाई बाट बञ्चित हुने गरेका छन् । बाजुरा मात्र ६ सय चालिस भन्दा बढी परिवारहरु मौसमी बसाई सर्ने गरेका छन् ।




