बाजुराको सदरमुकाम मार्तडीमा जीप दुर्घटना हुँदा दुइ जना जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन । स.प.प्र. ०१००१ च ४३१६ नम्बरको जी दुर्घटनामा कञ्चनपुरको भिमदत्त नगरपालिका १७ की गायत्री पन्त र सोही नगरपालिका १७ की राधिका भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका भिमदत्त नगरपालिका- १७ का लोकेन्द्र पन्त,गौमुलमुल गाउँपालिका रमेश धामी, बर्दिया गुलरियाका मोहनदेव भट्टको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ । गाडी बडीमालिका नगरपालिका ८ को अपि होटल नजिकैबाट करिव १ सय मिटर खसेर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय