राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि पर्सा लगिंदै छन्। उनलाई पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौँ हुँदै पर्सा लैजान तयारी गरिएको छ। यस प्रकरणमा लामिछानेलाई बुटवल, चितवन, र काठमाडौँमा पनि बयान गराइएको छ।

पर्सा जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। यसै प्रकरणमा गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पनि पोखराबाट पर्सा लगिएको छ। सहकारी ठगी प्रकरणमा लामिछानेसहित अन्य अभियुक्तहरूमाथि गम्भीर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय