उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विभिन्न आयामबारे छलफल भएको छ। भेटमा विशेषतः एमसीसी मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) परियोजना, युएसएआईडी (USAID) अन्तर्गतका विकास कार्यक्रम, निजी क्षेत्रको लगानी विस्तार, र विकास वित्त जस्ता विषयमा गहन छलफल भएको थियो।

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व कायम भएको र अबको प्राथमिकता आर्थिक समृद्धि भएको बताउँदै अमेरिकी आर्थिक सहयोग अझ विस्तार गर्न अनुरोध गर्नुभयो। सहायक विदेशमन्त्री लुले नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफलता पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अमेरिकी सहयोग अझ प्रभावकारी रूपमा जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।

एमसीसी र युएसएआईडी परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि समन्वयलाई सुदृढ बनाउने र निजी क्षेत्रको लगानीलाई कसरी अझ विस्तार गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो। अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माका अनुसार, अमेरिकी विकास वित्त संस्थाबाट हाल नेपालमा भइरहेको लगानीलाई आगामी दिनमा थप विस्तार गर्नेबारे दुवै पक्ष सकारात्मक छन्।

सहायक विदेशमन्त्री लुले नेपालप्रति अमेरिकाको सहयोग जारी राख्ने र विकास परियोजनाहरूमा थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्, जसले नेपाल–अमेरिका साझेदारीलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय