
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतको इजलासामा न्यायाधीशहरु हेर्दा झलझली पार्टीको अनुहार देखिएको बताएका छन् । नेपाल बार एसोएिसनको ५० औं कार्यकारिणी परिषदको बैठकको उदघाटन समारोहमा सोमबार उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकार गठबनको विषयमा अदालत जादाको अनुभव सुनाउदै पहिलोपटक अदालत जाने सौभाग्य मिलेको बताए । त्यतिबेला बेन्चमा तलबाट माथितिर हेर्दा न्यायाधीशहरुमा पाटीको अनुसार झलझल देखिएको उनले सुनाए । उनले न्याय सम्पादन स्वविकीय हुन्छ कि कानुन र संविधानले गाइड गर्छ भनी प्रश्न समेत गरे ।
उनले अदालतको आदेशमा विषयमा असन्तुष्टि पोखेका थिए । यस्तै विषयमा बोल्दा बारको अध्यक्षलाई अवहेलना मुद्दा लागेको भन्दै, पाण्डेले सांसदलाई पनि त्यस्तै मुद्दा लगाइएको उल्लेख गरे ।



पाण्डेले अदालको विषयमा बोल्नै नपाइने त होइन होला नि भन्दै प्रश्न उठाए । । राजाका बिरुद्ध बोल्न पाइदैन थियो, अहिले त राजा फालिसकियो नि । न्यायक निर्णय मान्दिन भन्न पाइँन्दैन । तर प्रक्रियाका बारेमा बोल्नै नपाइने हो र पाण्डेले प्रश्न गरे ।
अहिले न्यायाधीश सिफारिस गर्ने प्रथा नै गलत रहेको भन्दै उनले यसमा पुनर्विचार गर्न जरुरी रहेको बताए । निश्पक्ष न्याय सम्पादन भएको छ भने पनि मानिसको मनमा शंका उत्पन्न हुने अवस्था रहेको उनको भनाइ थियो ।