
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले उत्कृष्ट प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ। कर्णालीका विलियम बोसिस्टोले बलिङमा ऐतिहासिक प्रदर्शन गर्दै ६ विकेट लिए, जसले कर्णालीलाई लगातार तेस्रो जित दिलायो।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमै पूरा गर्यो। कर्णालीका लागि ग्लसन झाले ४९ रन (३७ बलमा) बनाए भने चाडविक वाल्टनले ४२ रनको योगदान दिए। बलिङतर्फ पोखराका विपिन खत्री, सागर ढकाल, र कुशल भुर्तेलले एक-एक विकेट लिए।



यस जितसँगै कर्णालीले प्लेअफमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। पाँच खेलमा ६ अंकसहित कर्णाली चौथो स्थानमा छ। सुदूरपश्चिम रोएल्स र चितवन राइनोजसँग समान ६ अंक भए पनि नेटरनरेटमा कर्णाली पछि छ। पोखराको भने यो तेस्रो हार हो, र चार खेलबाट केवल २ अंक छ।
बोसिस्टोको प्रदर्शनले पोखराको पारी १०३ रनमै सिमित भयो। उनले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए। पोखराका लागि दिनेश खरेल (२६), आन्द्रेस गौस (२५), र रेमोन रेइफर (२०) मात्र केही योगदान दिन सके। कप्तान सोमपाल कामी, विपिन शर्मा, र युनिश सिंह ठकुरीले कर्णालीका लागि समान एक-एक विकेट लिए।
यो जितले कर्णालीको खेलाडीहरूको मनोबल थप उच्च बनाएको छ।