काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको बताउनु भएको छ ।
शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गर्नुभयो । उहाँले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताउनु भयो ।
उहाँले सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भएपनि अहिलेसम्म अमानवीय व्यवहार गरिएको स्पष्ट पार्नुभयो । उहाँले लोकतान्त्रिक र प्रजातान्त्रिक व्यवस्थामा अमानवीय व्यवहार स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
सांसद शर्माले सरकारले लामिछानेलाई नियतबस वा जानीजानी मानसिक रूपमा कमजोर बनाउन विभिन्न ठाउँमा पु¥याउने काम गरिरहेको दाबी गर्नुभयो ।