नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको अपराजित यात्रालाई सुदूरपश्चिम रोएल्सले बुधबार रोक लगाएको छ। सुदूरपश्चिमले दिएको १२४ रनको झिनो लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्स मात्र ५१ रनमा अलआउट भयो, जुन एनपीएल इतिहासकै सबैभन्दा कम स्कोर हो।

जनकपुरले सुदूरपश्चिमलाई १२३ रनमै रोक्न सफल भए पनि ब्याटिङमा खराब प्रदर्शन गर्‍यो। दोस्रो इनिङ्समा जनकपुरका ब्याटरहरू १२।१ ओभर मात्र टिक्न सके। सुदूरपश्चिमका बलर किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए।

कप्तान अनिल शाहको प्रतिक्रिया

हारपछि जनकपुरका कप्तान अनिल शाहले प्लेअफअघि यस्तो प्रदर्शनले टिमलाई सुधार गर्ने मौका दिएको बताए। उनले हारको मुख्य कारण खराब सट सेलेक्सन भएको बताए। उनका अनुसार, “हामीले राम्रो सट सेलेक्सन गर्न सकेनौं र धेरै खराब शट खेलेर आउट भयौं। यसले हाम्रो टप अर्डरलाई दबाबमा ल्यायो।”

अंकतालिकाको अवस्था

यो जितपछि सुदूरपश्चिम र जनकपुर दुवैका समान ८ अंक भए पनि नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ। जनकपुर दोस्रो स्थानमा झरेको छ। चितवन राइनोज र कर्णाली याक्स ६ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

यो हारले जनकपुरलाई सुधारका लागि महत्वपूर्ण पाठ सिकाएको छ र आगामी खेलहरूमा टिमले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय