काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा बिहान नौ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्नेछन् । पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो र छ खेलमध्ये एक खेल जितेको लुम्बिनी सातौं स्थानमा छ ।
यस्तै दोस्रो खेल दिउँसो एक बजे विराटनगर किङ्गस् र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदेछ । पाँचमध्ये ३ खेल खेलेको चितवन तेस्रो र पाँच खेलमध्ये एक खेल जितेको विराटनगर तालिकाको पुछारमा छ ।
एनपीएलअन्तर्गत हिजो भएका खेलमा जनकपुर बोल्ट्सले काठमाण्डौ गुर्खाजलाई र पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई पराजित गरेको थियो ।
जनकपुर एक खेल अघि नै प्लेअफमा पुगेको छ । एनपीएलको प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ ।