विश्व बैंकले नेपाललाई हरित, उत्थानशील, र समावेशी विकास (ग्रिड) परियोजनाको लागि १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको छ। विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत प्रदान गरिएको यो सहयोगले वित्तीय उपकरण, जलसुरक्षा, सिँचाइ, दिगो वन व्यवस्थापन, र जलवायु सूचना प्रणालीजस्ता क्षेत्रहरूमा सुधार गर्न मद्दत गर्नेछ।
विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले यस सहयोगले नेपाललाई दीर्घकालीन विकासका लागि दिगो आधार तयार गर्न योगदान पुर्याउने बताएका छन्।