
बुटवलको तिनाउ पुल नजिक बलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। लु२च २४८० नम्बरको जिप बिरामी बोकेर अस्पताल जाँदै गर्दा दुर्घटनामा परेको हो।



दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२, नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी ६७ वर्षीया श्रीमती गौरी खनाल र ३२ वर्षीय चालक हरि न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। गौरी खनाललाई दमको समस्या भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा जिप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो।
जिप अर्घाखाँची क्याटरिङको रहेको र दुर्घटना पुल पार गरेपछि मोडमा भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।