नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनायो।

पोखराका लागि रेमोन रेइफरले अविजित ४१ रन बनाए। उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे। ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्कासहित ३८ रन जोडे। खरेलले रासिद खानको एकै ओभरमा लगातार चार चौकासहित १८ रन बनाए, तर त्यही ओभरको अन्तिम बलमा आउट भए। दिलिप नाथले २४ बलमा २ छक्का प्रहार गर्दै २७ रन बनाए।

काठमाडौँका बलरहरू प्रभावशाली देखिए। कप्तान करण केसी र रासिद खानले समान ३(३ विकेट लिए। करणले ४ ओभरमा २४ रन खर्चिए भने रासिदले ४ ओभरमा ४३ रन दिए। जेर्राड एरसामसले ४ ओभरमा १४ रन मात्र खर्चेर १ विकेट लिए भने माइकल लेभिटले ३ ओभरमा १३ रन दिएर १ विकेट हात पारे।

अब काठमाडौँले यस ‘गर या मर’ को खेल जित्नका लागि १३९ रनको लक्ष्य पछ्याउनुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय