
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडिया अराजक र अनुशासनहीन भएको आरोप लगाउनु भएको छ । काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५औं साधारण सभामा मन्त्री गुरुङले
अनलाइन मिडियाको अराजकता नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताउनु भएको हो । उहाँले प्रिन्ट मिडिया र ब्रोड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचना, जनताको सूचनाको प्रत्याभूति गरेपनि अनलाइन मिडियाले अराजकता मचाइरहेको उल्लेख गर्नुभयो । गुरुङले अनलाइन मिडियाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काउँदा राष्ट्रिय स्वाधीनता र राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको उल्लेख गर्नुभयो ।



मन्त्री गुरुङले साइबर क्राइम नियमन गर्ने ऐन पनि ड्राफ्ट भइरहेको र छिटै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।