
काभ्रेपलाञ्चोक, माघ २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्रणालीलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्दै रोजगारी सिर्जना गर्ने शिक्षालाई प्राथमिकतामा राखिने बताएका छन्। काठमाडौं विश्वविद्यालय (केयू) को ३०औं दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै उनले प्रमाणपत्र केन्द्रित शिक्षाबाट बाहिर निस्केर सीप, आचरण, र उत्तरदायित्वमा आधारित शिक्षा प्रणाली निर्माणमा सरकार लागिपरेको बताए।



प्रधानमन्त्री ओलीले भने, “अब जब सिर्जना गर्ने खालको शिक्षाको विकासमा हामी अघि बढेका छौं। यसका लागि केयूजस्ता विश्वविद्यालय नमुना बन्नेछन्। शिक्षा प्रणालीले आत्मनिर्भर नागरिक उत्पादन गर्नुपर्छ, जो देशलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन सकून्।”
विद्यार्थीको नैतिकता र सीपको महत्त्व
ओलीले प्रमाणपत्रले मात्रै दक्षता प्रमाणित गर्न नसक्ने बताउँदै आचरण, व्यवहार, र सकारात्मक सोचले व्यक्तिको क्षमता झल्काउने बताए। “सर्टिफिकेट रोजगारीको आधार हो तर योग्य नागरिक बन्ने आधार आचरण र उत्तरदायित्व हुन्,” उनले भने। विद्यार्थीहरूले आफ्नो सीप र ज्ञानमार्फत देशको पहिचान कायम राख्नुपर्नेमा उनले जोड दिए।
जलवायु परिवर्तनप्रति गम्भीरता
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालका हिमाल कालापत्थरमा परिणत हुँदै गएको चिन्ता व्यक्त गरे। “अरूका गल्तीले हाम्रो धर्ती मरुभूमि बन्दैछ। यसविरुद्ध हामी वातावरणीय न्यायका लागि लडिरहेका छौं। जलवायु परिवर्तनका चुनौती सामना गर्न सबैले योगदान गर्नुपर्छ,” उनले भने। पुर्खाले वरपिपल र तुलसी रोपेर पारिस्थितिक सन्तुलन कायम गरेको उल्लेख गर्दै त्यस्तो अभ्यासलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
नेपाल-भारत सहकार्यको चर्चा
समारोहमा भारतको पटनास्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक त्रिलोकनाथ सिंहले नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन शिक्षा, अनुसन्धान, र नवप्रवर्तनका क्षेत्रमा सहकार्यलाई