गृहमन्त्री रमेश लेखकले सहकारी अपचलनमा पक्राउ परेका रवि लामिछानेलाई पोखरा लैजाने क्रममा कुनै मानव अधिकार हनन नभएको दाबी गरेका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले रवि लामिछानेलाई राति गाडीमा लैजानु कानुनविपरीत नभएको स्पष्ट पारेका छन्। उनले भने, “काठमाडौँबाट उहाँले नै गाडीमा जान मञ्जुरी दिनुभएको थियो। प्लेनमा जान मान्नुभएन। त्यसैले चितवनबाट गाडीमा लैजाँदा गैरकानुनी कसरी हुने?”

गृहमन्त्री लेखकले रवि लामिछानेमाथिको सहकारी अपचलनसम्बन्धी अनुसन्धान कानुनसम्मत भएको र यसमा कुनै गैरकानुनी प्रक्रिया नअपनाइएको दाबी गरे। साथै, उनले न्यायिक प्रक्रिया प्रभावित हुने गरी कसैले टिप्पणी नगर्न आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रवि लामिछानेमाथि मानव अधिकार हनन भएको भनाइको प्रतिवाद गर्दै गृहमन्त्री लेखकले यो टिप्पणीलाई “दुर्भाग्यपूर्ण” भने। प्रचण्डले केही दिनअघि चितवनमा रवि लामिछानेको मामिलामा मानव अधिकार उल्लङ्घन भएको टिप्पणी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय