
महोत्तरीमा बस अनियन्त्रित भई पल्टिदा २२ जना घाईते भएका छन । हुलाकी राजमार्गको भिठामोड जनकपुर सडक खण्डमा भिठामोडबाट जनकपुर आउदै गरेको ना४ख १०६९ नं।को लोकल बस जलेश्वर नगरपालिका ६ स्थित रातोपुलको रेलिंग तोडदै पल्टिदा बसमा सवार यात्रीहरु घाईते भएका हुन । स्थानियको सहयोगमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाईतेहरुको उद्धार गरि उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएकोमा दुईजनालाई थप उपचारको लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाईतेमध्ये भारत परिहारकि २२ वर्षिया सरिता यादव र कोमल राउतलाई जनकपुर रेफर गरिएको बताए । यता अन्य घाईतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भैरहेको र अवस्था सामान्य रहेको बताए । बसमा सवार यात्री जनकपुर एयरपोर्ट नजिकै घर भएका सिराजुल राईनले सहचालकले चालकलाई कुनै झोला दिन खोज्दा चालकको ध्यान अगाडीबाट हटेको र सोहि क्रममा चालकले बस नियन्त्रण गर्न नसकेको बताए ।