काठमाडौं । एनपीएलमा लिग चरणको आज अन्तिम एक खेल हुँदैछ । विहान ९ बजे कर्णाली याक्सले क्वालिफायरमा पुगिसकेको सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ ।

आजको खेल हारे कर्णाली लिग चरणबाट बाहिरिने सम्भावना रहेको छ । आइतबार भएको खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेसँगै प्लेअफको सम्भावनालाई जिवितै राखेको छ ।

जितसँगै काठमाडौं सात खेलबाट आठ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा छ । शीर्ष चारभित्र रहेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सको समान १० अंक छ भने चितवन राइनोज र कर्णाली याक्सको समान आठ अंक छ । चितवनले रनरेटका आधारमा प्लेअफमा स्थान बनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय