
काठमाडौं । महिला एशिया कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । १९ वर्षमुनिको क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित हासिल गरेको हो ।
जितसँगै नेपालले २ अंक जोडेको छ । लगातार दोस्रो खेल हारेको पाकिस्तान भने समूह चरणबाटै घर फर्किएको छ । जितका लागि पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेटमात्र गुमाएर भेट्यो । नेपालको जितमा कप्तान पूजा महतोले अविजित रहँदै सर्वाधिक ४७ रनको योगदान गरिन् । सिमाना केसी १२ रन, उपकप्तान सोनी पाख्रिनले १३ रन, साना प्रविनले १० रन तथा सावित्री धामीले ८ रन बनाइन् ।



त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रन बनायो ।