उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई थुनामै राख्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले झामाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध, र संगठित अपराधको आरोपमा थुनामा राख्न दिएको आदेशलाई उच्च अदालतले सदर गरेको हो।

झाले आफूलाई गैरकानूनी रूपमा थुनामा पठाइएको भन्दै उच्च अदालत पाटनमा पुनरावलोकनका लागि निवेदन दिएका थिए। तर, न्यायाधीश अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्ला अदालतको निर्णयलाई सही ठहर गर्दै उक्त आदेशलाई कायम राखेको हो।

साथै, प्रतिक थापामाथि पनि जिल्ला अदालतको थुनामा राख्ने आदेशलाई उच्च अदालतले सदर गरेको छ। काठमाडौं जिल्ला अदालतले २ भदौ २०८१ मा दुवैलाई थुनामा राख्न आदेश जारी गरेको थियो।

के हो नक्कली शरणार्थी प्रकरण?

झा र थापा सहित अरू थुप्रै आरोपितमाथि ठगी र संगठित अपराधमा संलग्न रहेको अभियोग लगाइएको छ। उनीहरूले नक्कली शरणार्थीको रूपमा व्यक्ति परिचालन गरी आर्थिक लाभ लिएको आरोपमा मुद्दा सामना गरिरहेका छन्। यस आदेशले नक्कली शरणार्थी प्रकरणमा कानूनी प्रक्रिया थप कडा बनाउने संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय