काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका भारत र नेपाल आज आमनेसामने हुन लागेका हुन् ।

खेल मलेसियाको वायुमास ओभलमा पौन १२ बजे सुरु हुनेछ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान सुरक्षित गरेको हो । नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको थियो ।

पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय