काठमाडौं । आर्थिक अभावले धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र संघीय सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको काम अगाडि बढाएको छ । चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ ।

अहिले स्ट्याण्ड १ मा प्यारापिट निर्माणको काम सुरु भएको छ । त्यसपछि २, ३ र ४ नम्बर स्ट्याण्डमा प्यारापिट निर्माणको काम थालिने छ । भीआइपी टावर १ मा उपर बीमको काम अन्तिम चरणमा पुगेको छ । लगत्तै पहिलो तलाको काम अघि बढ्ने छ । टावर २ को भने लोवर बीमको काम अन्तिम चरणमा पुगेको छ । नयाँ सम्झौता अनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको छ ।

रंगशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक जेभीले दुई वटा भीआइपी टावर, १० हजार क्षमताको प्यारापिट, मैदान र पीच निर्माणको काम गर्नेछ । धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि नै ५ हजार क्षमताको प्यारापिट निर्माण गरि सकेकाले यो काम सकिएपछि रंगशालाको कुल क्षमता १५ हजार पुग्ने छ । गत असार २३ गते ७८ करोड ५० लाखमा ३० महिना भित्रमा काम सक्ने गरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय