बुटवल । गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकले सीमानामा भइरहेका अपराध, तस्करी, राजश्व चुहावट तुरून्त नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।

उहाँले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा पहिलो सर्त भएकोले शान्ति सुरक्षा मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री लेखकले शान्ति सुरक्षा खलबलिदा जनताका मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वशर्त नै शान्तिसुरक्षा भएको उल्लेख गर्नुभयो ।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको अधिकार प्रदेशमा प्रत्योजन नगर्दा समस्या भएकोले प्रहरी समायोजन, संघीय निजामती ऐन र शिक्षा ऐन ल्याउन ढिला गर्न नहुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय