काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आज लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा हुँदा प्रतियोगितामा बलियो देखिएको छ। यता जनकपुरले पनि आफ्ना खेलहरुमा चमत्कारपूर्ण प्रदर्शन गरिरहेको छ भने क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ ।

जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा व्यहोरेको छ । सुदुरपश्चिम र जनकपुरबीचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ ।

जनकपुरका कप्तान अनिल साहको हातमा चोट लागेकोले एनपीएलका बाँकी खेल गुमाउने भएका छन् । अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । खेल दिउँसो १ बजे कीर्तिपुरमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय