
दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्युभएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
मंगलबार राति साढे ७ बजेतिर राप्ती गाउँपालिका–८ बिजौरीमा पश्चिम देखि पूर्व तर्फ गइरहेको रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी निवासी अन्दाजी वर्ष ३२ को कृष्णबहादुर शाहीको घटना स्थलमा मृत्यु भएको थियो ।



शाहीका आफन्त तथा स्थानीयले पूर्व–पश्चिम राजमार्गको बिजौरीमा सडक अवरुद्ध पारेका छन् । आक्रोशित स्थानीयहरूले एउटा ट्याङकरमा सामान्य तोडफोड समेत गरेका छन् । सोही सडक खण्डमा हिजो बेलुका मालबाहक ट्रकले मोटरसाइकल चालकलाई ठक्कर दिदा एक युवकको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।