बारा । ईलाका प्रहरी कार्यालय निजगढ र सव डिभिजन वन कार्यालय तामागढिबाट सयुक्त खटिएको टोलिले टांगियाबस्तीमा छापामारी काठ बरामद गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीबाट करिब ४१.१ क्युवफिट काठ बरामद गरेको हो ।

उक्त टोलका अधिकांस परिवारले नजिकैको जंगलबाट काठ चोरी तस्करी गरी घर परिषरमा लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद भएको थियोे । डिभिजन वन कार्यालय बाराका फोरेष्टर मुकेश कुमार दासको नेतृत्वमा रहेको टोलीले अबैधरुपमा लुकाई छिपाई राखेको अबस्थामा २ थान गोलिया र चिरान गरि राखिएको ५६ थान गरि ४१.१ क्यु फिट काठ

बरामत गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए ।

बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय तामागढिमा घाटगद्धी गरि राखिएको छ ।

बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन ।

वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटोका कारण निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपाका वन क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी तस्करी हुने गरेको छ ।

वन तस्करलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेमा अधिकाशं स्थानिय नै रहेको बन सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय