शुक्रबार एउटा खबरले सनसनी मच्चियो– निजगढको जनसंख्या ३६ हजार ५ सय ९१ !

केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक विवरणअनुसार यसपटक निजगढको जनसंख्या ३६ हजार ५ सय ९१ रहेको देखिएको छ भने यस अगी गरिएको तथ्यांक हेर्ने हो भने निजगढको जनसंख्या कारिब ३५ हजार ३ सय ३५ रहेको देखिन्छ ।

वि.सं. २०७१ साल वैसाख २५ गते विधिवत् रुपमा नगरपालिका घोषित भएको निजगढ नगरपालिका साबिकको निजगढ गा.वि.स., भरतगंज सिंगौल गा.वि.स. तथा रतनपुरी गा.वि.स.को सम्पूर्ण क्षेत्रहरु गाभिई कायम भएको थियो त्यपछी यस नगरपालिकाको जनसंख्या हाल करीब ५० हजारको हाराहारीमा रहको नगरपालिकाले अनुमान गरेको छ  यो हेर्नुहोस।

अहिले यस तथ्यांकलाई लिएर धेरै प्रतिक्रिया आएको छ । ‘मेरो पनि छुट्यो’, ‘मेरो परिवारकै छुट्यो’ जस्ता प्रतिक्रिया सामाजिक संजालभरि छाएका छन । मानिसहरुका फरक फरक प्रतिक्रिया तथा ‘गणनामा छुटेको छु’ भन्ने भावले के देखाउँछ भने जनगणनाको क्रममा लिइएको तथ्यांकमा कहीँ न कहीँ त्रुटि भएको रहेछ ।

घरघरमा पुग्न सकेनन गणक

नेपालमा १९६८ सालदेखि जनगणनाको सुरुवात गरिएको हो । केन्द्रीय तथ्यांक विभागले गणनाको नेतृत्व गर्दै आइरहेको छ । यस वर्षको गणनामा त एक कदम अगाडि बढेर विभागले सुरुमा परिवार सर्भेक्षणजस्तो गरायो र पछि मानिसको संख्या गणना गर्न घरघरमा मानिसहरु खटायो तर निजगढ नगरपालिकामा भने गणकहरु सबैको घरदैलोमा पुगेको पाइदैन ।

बैदेशिक रोजगारमा गएका वक्तीहरु समेत छुटेका छन भने घरघरमा गणक नपुग्दा यस क्षेत्रको कुल जनसंख्या कती हो भन्ने अन्योल रहेको देखिन्छ ।

यस नगरपालिकाको कुल क्षेत्रफल २८९.४ वर्ग कि.मि. रहेको छ भने यस नगरपालिकामा १३ वटा वडाहरु रहेका छन् । नेपालको पूर्व पश्चिम राजमार्ग समेतले छिचोलेको निजगढ नगरपालिकामा विभिन्न जात जाति तथा समुदायको मिश्रित बसोबास रहेको छ ।

अहिलेको तथ्यांक अनुसार पुरूषभन्दा महिलाको संख्या बढी

निजगढ नगरपालिकाको कुल जनसंख्या ३६५९१ रहेको छ । निजगढ नगरपालिकामा पुरूष भन्दा महिलाको संख्या ५७९ले बढी देखिएको छ जस्मा महिला १८५८५ र पुरूष १८००६ रहेका छन् ।

त्यसैगरी राष्ट्रिय जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार निजगढमा जनगणना घर संख्या ७९३१ रहेको र परिवार संख्या ८४५५ रहेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय