
रेवान पोखराको आयोजनामा पोखरामा २६ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गर्र्नुभएको छ । अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतार्थ हरेकवर्ष पोखरामा यो महोत्सव हुने गर्छ ।‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित अंग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना गरिएको हो । महोत्सवको सुरुवातमा पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित कोमागान पार्कमा पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो ।



कार्यक्रम पोखराका स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति रहेको छ । महोत्सवमा विभिन्न सांस्कृतिक साङ्गीतिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरेको छ भने लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेष्टुरेन्टहरुले आफ्ना पकवानहरू पस्किने गरेका छन् । महोत्सवमा राष्ट्रिय स्तरमा चर्चित गायकहरुले प्रस्तुति दिनेछन् ।
यो वर्ष पुस १३ दगतेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव चल्नेछ । यो पटकको मेलेखि १७मा आन्तरिक र बाह्य गरि करिब ५ लाख पाहुना आउने अपेक्षा गरिएको छ ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन लगायतका गतिविधि पनि हुनेछन् ।
महोत्सवलाई थप रौनक बनाउन सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरुको चम्चा दौड, डुङ्गा दौडलगायत हुनेछन् । अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक सम्वाद कार्यक्रम हुने रेवान पोखराका उपाध्यक्ष बसन्त गौतमले जनाए ।