सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएहरुकालाई थुनामा राख्न माग गर्दै बिहिबार जाहेरवालाको तर्फबाट बहस भएको छ । न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारबाट थुनछेक बहस सुरु भएको थियो । बुधबार सरकारी वकिलको तर्फबाट बहस भएको थियो । बिहिबार जाहेरीकर्ताको तर्फबाट भएको बहसमा सहभागि कानुन व्यवसायीले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने तर्क गरेका छन् । प्रतिवाद्धीहरुको संलग्नता पुष्टि हुने प्रमाण रहेको तर्क गरेका कानुन व्यवसायीले लामिछाने लगायतका हाइप्रोफाइलमा रहेका व्यक्ती भएको कारण पनि थुनामा पठाउनुपर्ने माग गरेका छन् । आज जाहेरीकर्ताको तर्फबाट बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी लगायत सात जनाले बहस गरेका थिए । जाहेरी कर्ताको शतर्फबाट बोल्नका लागि अझै ८ जना अधिवक्तले समय माग गरेका छन् ।

बुधबार सरकारी वकिलका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ताहरु सुजाता पौडेल, शान्तिदेवी शर्मा र विपिनराज तिवारी र जिल्ला न्यायाधिवक्ता कमला काफ्ले बहस गरेका छन् । यस्तै, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले पनि बहस गरेका गरेका थिए । शुक्रबारबाट प्रतिवादी बनाइएकाहरुको बहस सुरु हुने छ । प्रतिवादी बनाइएका ७ जनाका कानुन व्यवसायीले बहस गर्ने छन् । त्यसपछि जवाफी बहस हुनेछ । सरकारी वकिलको कार्यालयबाट उच्च सरकारी वकिल कार्यालयका वकिलले जवाफी बहस गर्ने जनाइएको छ । त्यसपछि न्यायाधीश नीतिज राईको इजलासले थुनामा पठाउने, धरौटीमा छाड्ने कि साधारण तारेखमा छाड्ने भन्ने निर्णय लिनेछ ।

सरकारी वकिलहरु र जाहेरीवालको तर्फबाट बस गर्नेहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईं, आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ थुनामै राख्न माग गर्दै बहस गरेका थिए । सूर्यदर्शन सहकारी ठगीमा ६३ जनालाई विपक्षी बनाइएको छ । उनीहरूसँग पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा १ अर्ब ५१ करोड बिगो माग गरिएको छ । ४४ जना विरुद्ध सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्र दर्ता गरेको । ४४ मध्ये ८ कम्पनी, ३१ जना व्यक्ति, र ५ जनाको सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ । त्यसअघि नै जिबीसहित १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय