कर्णाली प्रदेशको सुर्खेतमा मंसिर २ देखि ९ गतेसम्म हुने भनिएको १० औं राष्ट्रिय खेलकुद तोकिएको समयमा हुन सकेन। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिता चैतमा गर्ने घोषणा गरे पनि तयारी कछुवाको गतिमा अघि बढिरहेको छ।

निर्माणाधीन संरचना, बजेट अभाव, र राखेपको बोर्ड बैठक नबस्नुलाई मुख्य कारण मानिएको छ। माघ ३ गतेका लागि बोलाइएको बोर्ड बैठकले प्रतियोगिताको कार्यविधि पास गरेपछि मात्र तयारी तीव्र हुने अनुमान छ।प्रतियोगिता आउन तीन महिना मात्रै बाँकी छ, तर आयोजक पक्षले अझै खेल सङ्ख्या, खेलाडी छनोट प्रक्रिया, र व्यवस्थापनको स्पष्ट योजना बनाउन सकेको छैन। विभागीय बाहेकका खेलाडीको प्रशिक्षण अस्तव्यस्त छ, जसले खेलाडी र आयोजक दुवैमा निराशा थपेको छ।

स्थानीय, जिल्ला, र प्रदेश स्तरबाट खेलाडी छनोट प्रक्रियामा लाग्ने समयका कारण चैतमै खेलकुद आयोजना सम्भव हुनेमा शंका उब्जिएको छ। राखेपले चाँडै निर्णय गरी तयारीलाई तीव्रता नदिए प्रतियोगिता फेरि स्थगित हुने सम्भावना बलियो देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय