कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश नितिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधसम्बन्धी अभियोगमा लामो बहसपछि धरौटीमा छाड्न आदेश दिएको हो।

तर, लामिछाने तत्काल रिहा हुने अवस्था छैन। काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीको अपचलनसम्बन्धी मुद्दामा उनलाई पेश गर्नका लागि प्रहरीले काठमाडौं लैजाने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय