ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका लक्ष्मण केसीलाई काम गर्न उच्च अदालत पाटनले रोक लगाएको छ। न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो। कञ्चनपुरका जनार्दन जोशीले उक्त नियुक्ति बदरको माग गर्दै दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि अदालतले यो निर्णय गरेको हो।

यसअघि, पुस १९ गते न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको थियो। तर, शुक्रबारको संयुक्त इजलासले लक्ष्मण केसीको नियुक्ति तत्काल कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ।

अदालतको यो आदेशपछि अन्तिम किनारा नलागेसम्म केसीले प्राधिकरणको सञ्चालकका रूपमा काम गर्न पाउने छैनन्। ऊर्जामन्त्री खड्काले लक्ष्मण केसीलाई पुस २ गते सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए, जसमा विवाद उत्पन्न भई कानुनी प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय