अमेरिकाको लस एन्जलस वरपर फैलिएको डढेलोमा कम्तीमा पाँच जनाको मृत्यु भएको र हजारौं घर जलेर नष्ट भएका छन्। अधिकारीहरूले पुष्टि गरे अनुसार, डढेलो सहरमा प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण १,५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

पासाडेना अग्नि नियन्त्रक चाड अगस्टिनले जानकारी दिँदै भने, “आगलागी नियन्त्रणका लागि जुटेका अग्नि नियन्त्रकहरूको प्रशंसा गर्नुपर्छ, तर आगलागी अझै भीषण रहेको छ र नियन्त्रणमा ल्याउन निकै कठिनाइ भएको छ।”लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावरका प्रमुख कार्यकारी जेनिस क्विनोनेसले पानीका श्रोतहरूको अभावको कारण, प्यासिफिक पालिसडेसमा पानीको जथाभावी प्रयोग नगर्न र जोगाएर नियन्त्रण गर्न आग्रह गरे।

यसैबीच, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत पानीको अभावको कारणलाई राज्यको वातावरणीय नीतिका कारण भएको दाबी गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधनहरूको व्यवस्थापनमा ध्यान केन्द्रित गरिने जानकारी दिएका छन् र यसै साता इटालीको भ्रमण रद्द गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय