राजविराज – सप्तरी प्रहरीले बलान बिहुल गाउँपालिका-१ स्थित चन्ही क्षेत्रबाट ६७० किलो गाँजा बरामद गरेको छ। परालले छोपेर लुकाइएको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

प्रहरीको टोलीले गुप्त सूचनाका आधारमा सो क्षेत्रमा खोजतलास गर्दा ठूलो परिमाणमा गाँजा भेटिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा यो गाँजा तस्करीका लागि तयारी अवस्थामा राखिएको आशंका गरिएको छ।

यस घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा तस्करीको संजाल पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय