लस एन्जलस – अमेरिकाको लस एन्जलसमा फैलिएको भीषण डढेलो नियन्त्रणमा आउन नसक्दा १६ जनाको ज्यान गएको छ भने १ लाख ५० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन्। गत मंगलबारदेखि सुरु भएको आगलागीले ३८ हजार एकडभन्दा बढी जमिनलाई खरानी बनाएको छ।

तीव्र हावाका कारण डढेलो थप फैलिँदै गइरहेको छ। १० हजारभन्दा धेरै घर नष्ट भइसकेका छन् भने ६० हजार घर अझै जोखिममा रहेका छन्। आगलागीबाट करिब १ सय ५० अर्ब डलरभन्दा बढीको क्षति हुने अनुमान गरिएको छ।

स्वास्थ्य संकटकाल घोषणा

डढेलोका कारण फैलिएको धुवाँ र खरानीले वायुप्रदूषणको स्तर खतरनाक बनेपछि स्थानीय प्रशासनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ। जनस्वास्थ्य निकायले बाहिर नजान र सावधानी अपनाउन चेतावनी जारी गरेको छ।

विस्थापितहरूको पीडा

कैयौं विस्थापितहरूले आफ्ना घर फर्कने आशा गुमाइसकेको बताएका छन्। शहरभरिका छ मुख्य स्थानमा डढेलो सक्रिय छ, र आगो नियन्त्रणका लागि हजारौं अग्निनियन्त्रक अहोरात्र खटिएका छन्। तर तीव्र हावाका कारण प्रयास सफल हुन कठिन भइरहेको छ।

यो डढेलोले लस एन्जलसलाई ठुलो मानवीय र आर्थिक संकटमा धकेलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय