सातौ संस्करणको बागमती गोल्डकप राष्टिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुनमा हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म सन्चालन हुने आइतबार आयोजित प्रत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिता बागमती –४ झुरझ्रे स्थित पालिकाको लगानीमा निर्मित शहिद स्मृति रङशालामा हुनेछ । यस अघिका सस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुदै आएको थियो । प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले जानकारी दिनुभयो । प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सन्चालको लागि ७४ लाख ७३ हजार रुपैंया खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित प्रदान गरिने खेलकुद विकाससमिति सदस्य सचिव प्रमोद राईले बताउनुभयो । फुटबल खेलको प्रवद्धनका लागिो लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सन्चालनमा ल्याउने तयारी गरेको बागमती गाउपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो ।

यस अघिको छैटौ) संस्करणको उपाधी मछेन्द्र युथ क्लव काठमाडौले जितेको थियो । पत्रकार सम्मेलनमा पैमुख प्रशासकीय अधिकृत ओम बहादुर घर्ती, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल वाड अध्यक्षहरु, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय