
काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीनले २०७२ साल यता नेपाललाई करिब १२ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग घोषणा गरेको जानकारी दिनुभएको छ।



संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले चीनले यस अवधिमा नगद २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप ९ अर्ब ३४ करोड अनुदान घोषणा गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच सहमतिलाई अघि बढाउँदै संयुक्त विज्ञप्ति जारी भएको थियो। विज्ञप्तिमा विगतका सहमति र निर्णयहरूको समीक्षा तथा भविष्यका रणनीतिहरू समेटिएका छन्।
यसबाहेक, परराष्ट्रमन्त्रीले हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको सकुशल अवस्थाबारे जानकारी गराउँदै उनी चाँडै स्वदेश फर्किने विश्वास व्यक्त गर्नुभयो। कतारका परराष्ट्रमन्त्रीसँग छलफल जारी रहेको जानकारी पनि दिनुभयो।
नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने यो सहयोगले नेपालको आर्थिक विकास र कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।