चितवन – पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी सकिएको छ। माघ १ गतेदेखि एक महिनासम्म लाग्ने मकर मेलामा करिब सात लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाको नेतृत्वमा १५१ सदस्यीय मूल समारोह समिति गठन गरी २२ वटा उपसमितिको सहयोगमा मेलाको व्यवस्थापन गरिएको छ। कार्यकारी निर्देशक सदन बरालले माघेसङ्क्रान्तिको दिन मात्रै पाँच लाख भक्तजनले त्रिशूली र कालीगण्डकीको संगममा स्नान गर्ने अपेक्षा रहेको बताउनुभयो।

चितवन र देवघाटलाई जोड्ने झोलुङ्गे पुल मर्मत, अस्थायी शौचालय निर्माण, र मेलास्थल व्यवस्थापनका सबै काम पूरा भइसकेका छन्। मेलामा नेपालका विभिन्न जिल्लासँगै भारतका हिन्दू धर्मावलम्बीहरूको बाक्लो उपस्थिति हुने छ।

त्रिशूली र कालीगण्डकीको दोभानमा स्नान गर्दा धार्मिक पुण्य प्राप्त हुने विश्वासले यो मेला हरेक वर्ष विशेष रूपमा मनाइन्छ। माघ महिनाभर महामहोत्सव हुने भएकाले देवघाटमा धार्मिक र सांस्कृतिक गतिविधिहरूको चहलपहल रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय