सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा बाराका एक युवा सहति ४ जनाको लाखै रुपया डुब्यो । कारण थियो दुबईबाट पोल्यान्डमा राम्रो काम र दामको लोभ ।

बारा निजगढ घर भएका सुनिल साह २०१८ मा वैदेशिक रोजगारका निम्ती दुबई पुगेका थिए । करिब ४ वर्ष देखि दुबईमा काम गरिरहेका साहको भेट इटहरीको उमेश खत्रीसंग दुबईमै हुन्छ ।

सामान्य रुपमा दुबईमा प्रतेक दिन एक नयाँ अनुहारका नेपालीसंग भेट हुनु भनेको सामान्य कुरानै थियो तर साह र खत्रीको यो भेट भने सामान्य रहेन । खत्रीले साहलाई युरोप पुर्याईदिने प्रलोभन देखाउन थाले ।

साहलाई खत्रीले यस अगि समेत आफले करिब एक दर्जन मानिसलाई पोल्यान्ड पठाएको र हाल ति मानिसहरुले निकै राम्रो काममा रहेको र मासिक लाखै रुपया कमाउने गरेको बताए त्यसपछि साहमा समेत पोल्यान्ड जाने भुत सबार भयो ।

दुबईमै उनले खत्रीलाई पोल्यान्ड जाने सबै बन्दोबस्तो मिलाउन पटक पटक गरेर करिब ९ हजार ५ सय ४२ संयुक्त अरब इमिरेट्स दिरहममा दिए । त्यसपिछ उनले नेपालबाटै नपालमा रहेको खत्रीको श्रीमतीको नाममा समेत ८० हजार पठाए ।

हाल दुबईबाट सदाका निम्ती नेपाल आएका साहले पहिले दृष्टिलाई सहयोग गरिदिन अनुरोध गदै आफ्ने कथा यसरी सुनाए । ४ जनाले गरेर करिब ६ लाख भन्दा बढि रकम पठाईसकेपछि हाल खत्री जोडी सम्पर्कविहीन भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय